दफा १०
मनोनयन सिफारिश समिति
: (१) दफा ९ को उपदफा (२) को खण्ड (छ) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको निमित्त नेपाल सरकार समक्ष सिफारिश पेश गर्न देहाय बमोजिमको एउटा मनोनयन सिफारिश समिति रहनेछ :
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) पर्यटन व्यवसाय वा पर्यटन प्रबद्र्धन क्षेत्रसंग सम्बन्धित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनित गरेको दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिको मनोनयन सिफारिश समितिले पर्यटन प्रबद्र्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी वा पर्यटन प्रबद्र्धन विशेषज्ञहमध्येबाट दफा ९ को उपदफा (२) को खण्ड (छ) बमोजिम सदस्य मनोनित गर्नको निमित्त मनोनित गर्नु पर्ने सदस्य संख्या कम्तीमा डेढी संख्यामा मनोनित गर्नु पर्ने व्यक्तिहरूको नाम मनोनयन हुनको निमित्त सिफारिश गर्नु पर्नेछ ।
यसरी मनोनयनको निमित्त सिफारिश गरिएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले सदस्यहरू मनोनित गर्नेछ ।